आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

रघुबीर महासेठ

मत - 32236

विजयी

रघुबीर महासेठ (Raghubir Mahaseth)

नेकपा एमालेका सचिव रघुवीर महासेठ धनुषा क्षेत्र नम्वर ४ बाट उम्मेदार बनेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ घर भएका महासेठ अनेरास्ववियूमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरेका थिए । एमालेको नौ महीने शासन कालमा उनी उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । 
उनी २०६५ सालमा भएको संविधानसभा उपनिर्वाचनमा धनुषा ४ बाट विजयी भए । २०७४ मा पनि त्यही क्षेत्रबाट विजयी भए । ओलीको पहिलो मन्त्रिमण्डलमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाए । २०७६ मंसीरको मन्त्रिमण्डल पुनर्गठनमा उनी बाहिरिए ।
एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सचिवमा प्रतिस्पर्धी रहेका महासेठ पराजित भए । तर ओलीसँग नजिकएका कारण २०७३ सालमा उनी र उनकी श्रीमती जुली महतो दुबै एमालेको केन्द्रीय सदस्य मनोनीत गरिए । उनी मधेश प्रदेशका इन्चार्ज पनि हुन् ।
 

धनुषा क्षेत्र ४ का अन्य उम्मेदवारहरू