अमनलाल मोदी २०७० को निर्वाचनमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका हुन् । उनी २०७४को निर्वाचनमा भने कांग्रेसका महेश आचार्यलाई पराजित गरि प्रतिनीधि सभा सदस्य भएका हुन् । उनको जन्म २०४२ असोज ५ गते मोरङको डंग्राहमा भएको हो। मोरङ आदर्श बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेका मोदी ०६२ मा अखिल क्रान्तिकारी मोरङको जिल्ला अध्यक्षको भएका थिए। यस अवधिमा २०६० सालमा पक्राउ परी दुई बर्षसम्म जेल जिबन बिताएका थिए । उनी माओवादीको भूमिगत राजनीतिबाट खुल्ला राजनतिमा आएका हुन् ।