२०३४ सालमा गौरादहस्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका खरेल एमाले स्थायी समिति सदस्य हुन् । उनी २०३७ सालमा तत्कालीन नेकपा मालेको झापा गौरादहको स्थानीय कमिटीमा आबद्ध भएर राजनीतिमा प्रवेश गरेका ुहन् । वरिष्ठ अधिवक्ता खरेल २०६४ र २०७० सालको संविधानसभा सदस्य रहेका थिए । उनी नेपाल सरकारको महान्याधिवत्ता भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा कार्यकालमा खरेल कानुनमन्त्री थिए । उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन् । उनी विर्तामोडको स्थाय बासिन्दा हुन् ।