सुवासचन्द्र नेम्वाङ संबिधान सभाका अध्यक्ष हुन् । उनको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानुनमा स्नातक (बीएल) गरेका छन्। संविधानसभा अध्यक्ष हुनुअघि उनी यसअघिको व्यवस्थापिका संसदको पनि सभामुख थिए । त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका छन् । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भएका छन् । कानुन व्यवसायीका रुपमा परिचित नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवको भएका छन् । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष समेत भए ।