आम निर्वाचन २०७९

आम निर्वाचन २०७९

झलनाथ खनाल

मत - 23089

झलनाथ खनाल (Jhalnath Khanal)

झलनाथ खनाल पूर्व प्रधानमन्त्री हुन् । उनी २०६७ माघ २० मा प्रधानमन्त्री निर्वाचित भएका थिए । हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता हुन्। वि. सं. २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल पटक पटक मन्त्री पनि भएका थिए। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव भए । उनी एमालेका अध्यक्ष समेत भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक गरेका उनले २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए।