योगेश भट्टराईको जन्म ताप्लेजुङको साँघुमा २०२३ साल भदौ २१ गते भएको हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्। उनी नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेका छन् । उनी २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भएका थिए। भट्टराई विद्यालय अध्ययन गर्ने समयमा झापा विद्रोह चरममा थियो। उनी २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए । त्यसपछि नेकपा एमालेको जिल्ला समिति, अञ्चल समिति हुँदै केन्द्रीय सदस्य हुँदै सचिब सम्म भएका छन् ।